धरान उपमहानगर : स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित सुनिश्चित

धरान उपमहानगर : स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित सुनिश्चित


धरान सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार हर्कराज राई साम्पाङको  विजयी हुने पक्का भएको छ । 

धरानको जारी मतगणनामा ३२८५ मत गन्न बाँकी छँदै साम्पाङ विजयी भएका हुन् । उनले अहिलेसम्मको गणनामा मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईभन्दा ४२८१ मतले अग्रता लिइसकेकोले उनी विजयी भएका हुन् । अब गणना हुन बाँकी सबै मत काँग्रेस उम्मेदवारले पाएपनि साम्पाङको विजय रोकिनेछैन ।

धरानमा खसेको ६२८९८ मतमध्ये ५९६१३ मतको गणना भइसकेको छ । जसमा साम्पाङले १९५९७ मत प्राप्त गरेका छन् भने राईले १५३१६ मत पाएका छन् । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले १२३४८ मत मात्र प्राप्त गरेकी छन् ।

धरानका २० वडामध्ये १९ वडाको गणना भइसकेको छ भने अहिले १७ नम्बर वडाको गणना भइहरेको छ । १७ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार दोब्बर मतले अगाडि रहेकोले धरानको उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार आइन्द्रबिक्रम बेघा निर्वाचित हुने निश्चित भएको छ ।

बेघाले १९२८३ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका पदम इस्बो लिम्बूले १६९१६ मत पाएका छन् । लिम्बूभन्दा बेघा २३६७ मतले अगाडि छन् ।

Logo