देउवा भन्छन्, ‘ओली सरकार आएपछि बर्बाद भयो’
File Photo

गोरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्रचारको कामबाहेक केही गर्न नसकेको बताएका छन् । आइतबार गोरखामा आयोजित कार्यक्रममा देउवाले प्रचारको काम बाहेक केही गर्न नसकेको सरकारले सबैको अधिकार खोसेको देउवाको दाबी छ ।

‘ओली सरकार आएपछि बर्बाद भयो, सबै ठाउँमा बिगारेको छ, सबैको अधिकार खोसेको छ, प्रचारको कामबाहेक केही भएको छैन,’ उनले भने । सरकारले अख्तियार, मानवअधिकार आयोग जस्ता संवैधानिक निकायको अधिकार खोस्ने र प्रेसलाई नियन्त्रणमा राख्ने काम गरेको देउवाको आरोप छ ।

‘यिनीहरु भनेको सरकारले गरेको बदमासीलाई खबरदारी गर्ने स्वतन्त्र निकाय हुन्,’ उनले भने, ‘तर ओली सरकारले यी क्षेत्रको अधिकारमाथि हस्तक्षेप गरिरहेको छ ।’