#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30481947952033736433722165577
नेपाल615933901738343820

३२ हजार बर्ष पहिलेको ब्वाँसोको टाउको भेटियो

मस्को,

रुसको उत्तरधुर्वी क्षेत्रमा झण्डै ३२ हजार बर्ष‘ अगाडि मरेको ब्वाँसोको टाउको भेटिएको रूसी बैज्ञानिकहरुले बताएका छन् । धेरै रौँहरुले ढाकिएको अवस्थामा तिरेख्ट्याख नदीको किनारमा ब्वाँसोको टाउकोको अवशेष भेटिएको उनीहरुको भनाई छ ।

बैज्ञानिकहरुले थोरै गिदी, नरम मासुको अंश र बलियो दाँत भेटिएको र त्यसको लम्बाई ४१.५ सेन्टीमिटर रहेको पनि जानकारी दिएका छन् । आजभोलि पनि उक्त क्षेत्रमा ब्वाँसोको वासस्थान रहेको र तिनीहरूको टाउकोको नाप ६६ सेन्टिमिटर लम्बाइ र ८६ सेन्टिमिटरसम्म चौडाई हुने गरेको उनीहरुले बताएका छन् ।

स्थानीय वैज्ञानिकहरुले त्यो टाउकोलाई अध्ययनका लागि टोकियोमा रहेको औषधी सम्वन्धी अध्ययन गर्ने जिकेइ विश्वविद्यालयमा पठाएका बताइएको छ । ‘यस्तो हामीले पहिलो पटक देखेका छौँ,’ याकुितया विज्ञान प्रतिष्ठानका अल्बर्ट प्रोटोपोपोभले भने ।

मरेको त्यो ब्वाँसो दुईदेखि चार बर्षसम्मको उमेरमा मरेको हुन सक्ने विश्वास गरिएको उनले बताए । त्यस टाउकोका बारेमा रुस, जापान, स्विडेनलगायतका देशमा लगातार अध्ययन भइरहेको पनि प्रोटोपोपोभले जानकारी दिए ।
एजेन्सी

सम्बन्धित समाचारहरु

ताजा समाचार