उपभोक्ता माझ लोकप्रिय हुँदै ‘भेटायो एप’: के हो भेटायो ? के छन् सुविधा ?

उपभोक्ता माझ लोकप्रिय हुँदै ‘भेटायो एप’: के हो भेटायो ? के छन् सुविधा ?


प्रविधिको प्रयोग बढ्दै गएसँगै मानिसले हरेक कुराको प्रयोग सहज ढंगले गर्न चाहन्छ। यो स्वाभाविक पनि हो । त्यसमा पनि कोभिड १९ को प्रभावले बढेको अनलाइन प्रविधिको प्रयोगले पनि मानिस हरेक काममा प्रविधिको प्रयोग गर्न रुचाउने भएका छन् । यति बेला बैंकिङदेखि खानेकुरा र सवारी साधन पनि अनलाइनबाटै बोलाउने प्रविधि आइसकेको छ । 

हामीले दैनिक जीवनमा गरिरहेका कतिपय कामहरू अनलाइन नै भइदिए हुन्थ्यो भन्ने पनि लाग्छ । जस्तै कि घरमा धारा बिग्रिएको अवस्थामा प्लम्बर अनलाइन बाटै बोलाउने, बिउटिपार्लर जान मन नभए बिउटिसियनलाई घरमै बोलाउने, गाडी अथवा कपडा धुन अनलाइनबाटै बोलाउने। अझै यी सबै सुविधा एउटै एप वा वोइबसाइटबाट पाउन पाए झनै सुनमा सुगन्ध नै हुन्थ्यो । 

भेटायो एपको जन्म

पाइप सम्बन्धी कुनै काम गर्नुपरेमा नजिकको हार्डवेयरमा जानुपर्ने झन्झटको समाधान खोज्ने क्रममा जन्मिएको ‘भेटायो एप’ प्रयोगकर्ताहरू माझ लोकप्रिय हुँदै गएको छ । सुरुवाती ६ महिना मै कम्पनीले सोचेको भन्दा बढी सफलता पाउन सफल भएको छ । 

कम्पनीकी सहसंस्थापक अंशु शाक्यका अनुसार, यस एपबाट तत्कालका लागि १२ वटा सुविधा पाउन सकिन्छ । यसमा अन्य सेवाहरू बिस्तारै थप गर्दै लैजाने योजना कम्पनीको छ । 

भेटायो एप उपभोक्ता र सेवादातालाई जोड्ने उपयुक्त माध्यम बन्दै गएको छ । यो एपले सेवा नपाएका उपभोक्ता र सेवाको खोजीमा रहेका सेवादातालाई जोड्ने काम गरेको छ । हाल कम्पनीमा ३०० बढी सेवादाता र करिब २ हजार उपभोक्ता छन् ।

के हो भेटायो एप ?

यो एउटा यस्तो एप हो जसले उपभोक्तालाई दैनिक जीवनमा आवश्यक पर्ने सेवा प्रवाहलाई सहज बनाइदिन्छ । सामान्यदेखि ठुला समस्या समाधानका लागि यो एपबाट प्राप्त हुने सेवा सहज छ । भेटायो एपले आफ्नो नाम जस्तै उपभोक्ताको समस्याको समाधान खोजिदिने गर्छ। गाडी बिग्रियो अथवा फोहोर भयो, बिजुली बिग्रिएर अन्धकारमा हुनुहुन्छ अथवा नयाँ जडान गर्नुपर्‍यो, कुनै पनि किसिमको प्लम्बीङको समस्या भयो अथवा कपडा धुने समय छैन भने त्यस्ता समस्याको समाधान भेटायोले घरमै आएर गरिदिने गरेको छ । जसमा कुनै पनि अतिरिक्त शुल्क लिइदैन् । 

के के छन् ‘भेटायो एप’ बाट लिन सकिने सुविधा ?

भेटायो एपले हाल १२ वटा सुविधाहरू दिँदै आएको छ । प्लम्बिङ, इलेक्ट्रीसीयन, पार्लर एट होम, लन्ड्री, पेस्ट कन्ट्रोल, भेकल क्लिनिङ, बिउटी, भेटनरी, पेन्टर, रिपेयर लगायत । 

सेवा शुल्क

भेटायो एपको सेवा शुल्क बजार मूल्य भन्दा सस्तो छ । केही सेवाको शुल्क भने बजारसँग प्रतिस्पर्धा गर्ने गरी नै तय गरिएका छन् । बजारसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले भेटायो एपबाट प्राप्त हुने सुविधा सस्तो मात्र हैन निःशुल्क रूपका घरमै लिन आउने र पुर्‍याउने सुविधा पनि छ । त्यसो त भेटायोमा विभिन्न प्रकारका अफरहरू समेत आइरहेका हुन्छन् । जसबाट पनि उपभोक्ताले अतिरिक्त फाइदा लिन सक्नेछन् ।

कामको वारेन्टी

भेटायो एपले ३० दिनको सेवा वारेन्टी (थर्टी डसे सर्भिस वारेन्टी) उपभोक्ताहरूको लागि उपलब्ध गराएको छ । जस अन्तर्गत उपभोक्ताले कुनै काम गरेको छ र ३० दिन भित्रमा त्यसमा कुनै समस्या आयो भने सेवा दाताले पुन मर्मत गरिदिने छन् । जसमा कुनै पनि शुल्क लाग्दैन ।

सेवा थप्ने योजना

कम्पनीले उपलब्ध गराउँदै आएको १२ वटा सेवा विस्तार गर्ने योजना बनाएको छ । आगामी दिनमा अन्य सेवाहरू पनि थप्ने योजना भए पनि कुन कुन सेवा थप्ने भन्ने विषय भने सेवाग्राहीको मागलाई ध्यानमा राखेर निर्णय गर्नेछ । त्यसका लागि गृहकार्य भइरहेको कम्पनीले उल्लेख गरेको छ । 

उपभोक्ताले रुचाएको सेवा

भेटायो एपले सुरु गरेका सेवामा अहिलेसम्म उपभोक्ताले प्लम्बिङ सेवा सर्वाधिक रुचाएका छन् । क्लिनिङ, लन्ड्री, प्लम्बिङ सेवामा समेत उपभोक्ताको रुचि देखिएको छ । उपभोक्ताले बारम्बार यी सेवा दोहोर्‍याएका छन् ।

सेवादातालाई कसरी दिन्छ कम्पनीले पारिश्रमिक ?

कम्पनीले सेवादाताहरूलाई पारिश्रमिकको रूपमा सेवा शुल्क लिने गरेको छ । सेवादाताले काम गरे अनुसार नै पारिश्रमिक पाउने गरेका छन् । त्यसका केही प्रतिशत शुल्क कम्पनीलाई जान्छ । जुन सेवादाताको लागि कम्पनीले खर्च गर्दै आएको छ । 

कम्पनीसँग सेवादाताहरू कसरी जोडिने ?

भेटायो एपले सेवा उपलब्ध गराउँदै आएको क्षेत्रमा कोही व्यक्ती काम गर्दै आएका छन् भने उनीहरू कम्पनीसँग जोडिन सक्नेछन् । कम्पनीले आफ्नो वेबसाइटमा ‘विकम ए प्रोभाइडर’ भन्ने अप्सन राखेको छ । त्यसबाट जो कोहीले आफ्नो विवरण कम्पनीलाई उपलब्ध गराउन सक्नेछन् । अथवा कम्पनीले उपलब्ध गराएको कल सेन्टरको नम्बरमा फोन गरेर समेत सहज रूपमा उक्त प्रक्रिया अघि बढाउन सकिने छ ।कम्पनीले आफ्नो सेवाको गुणस्तर उत्कृष्ट बनाउन नयाँ जोडिन चाहने सेवादाताहरूलाई तालिम गराउनेदेखि कामको मूल्यांकन गर्ने लगायतको काम गर्नेछ ।

उपभोक्ता कसरी जोडिने ?

भेटायो एपबाट उपलब्ध हुँदै आएका सेवाहरू यदि कोही उपभोक्ताले लिन चाहेमा एन्ड्रोइड र आइओएस दुवैबाट सहजै डाउनलोड गरेर लिन सक्नेछन् । उक्त एपको प्रयोगमा कुनै अतिरिक्त शुल्क लाग्ने छैन ।

यसको अतिरिक्त भेटायो एपको सामाजिक सञ्जालहरुबाट र कल सेन्टरमा फोन गरेर समेत उपभोक्ताहरू एपसँग जोडिन सक्ने छन् ।

समय सीमा

भेटायो एपमा उपभोक्ताले आफूलाई अनुकूल हुने समय र मूल्यमा समेत मोलमोलाइ गरेर सेवा लिन सक्ने छन् । भेटायो एप प्रयोग गर्ने कुनै पनि प्रकारको समय सीमा तोकिएको छैन । यसलाई २४ सै घण्टा प्रयोग गर्ने सकिने छ । तर एपले आफ्नो सेवा दैनिक १२ घण्टा मात्र उपलब्ध गराउने छ ।

उपभोक्ताले चाहेको समय र स्थानमा सेवादाताहरू पुग्नेछन् । सेवादाताहरूले बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सेवा प्रदान गर्नेछन् ।

सेवा क्षेत्र

भेटायो एपले हाल काठमाडौं उपत्यका भित्र आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ । यद्यपि आगामी वर्ष भित्रमा देश भर सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको छ ।

Logo