एमाले सांसद पाण्डेद्धारा अर्थमन्त्री शर्माको राजीनामा माग

एमाले सांसद पाण्डेद्धारा अर्थमन्त्री शर्माको राजीनामा माग


नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मामाथि गम्भिर प्रश्न उठेको भन्दै उनको राजीनामा माग गरेका छन ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद पाण्डेले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिहरुसँगको साँठगाँठमा करको दर हेरफेर गरेको आरोप लागेकाले नैतिक रुपमा पदमा बस्न नमिल्ने बताए । उनले गोपनियताको विषयलाई बाहिर सार्वजनिक गर्नु गम्भिर अपराध भएको भन्दै अर्थमन्त्री शर्मा माथि छानविन हुनुपर्ने बताए । सांसद पाण्डेले यस विषयमा संसदले पनि कदम चाल्नुपर्ने बताए।  
सांसद पाण्डेले यस प्रकरणको सम्बन्धमा प्रधानमन्त्री देउवाले जवाफदेहिता लिनुपर्ने भन्दै संसदलाई जानकारी गराउन पनि आग्रह गरे ।
 

Logo