दुर्घटनामा नेविसंघका नेताको मृत्यु
File Photo

सोमवार राति नवलपुरको गैंडाकोट नगरपालिका–२ मा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा नेपाल विद्यार्थी संघ चितवन साविक क्षेत्र नम्बर ४ का पूर्वसभापति ३९ वर्षीय तीलचन्द्र अधिकारी रहेका छन् ।

इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार नारायणगढतर्फ आउँदै  गरेको ना ७ ख ७७१ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना२७प ५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका अधिकारीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

मोटरसाइकललाई ठक्कर दिने ट्रक नियन्त्रणमा रहेको छ भने चालक फरार छन् ।