रुपन्देहीमा गोली हानेर दुई लाख ४१ हजार लुटियो

रुपन्देहीको गैडहवामा गोली प्रहार गरी दुई लाख ४१ हजार रुपैयाँ लुटिएको छ ।

लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेर टेम्पोमा जाँदै गरेका तोले पासीमाथि गोली प्रहार गरी नगद लुटिएको हो ।  उनीमाथि गैडहवा गाउँपालिका वडा नं ४ अहिरण्डी चोकमा गोली प्रहार भएको हो ।

गोली टेम्पोको टायरमा लागेकाले कुनै मानवीय क्षति भएको छ ।