विश्वकप क्रिकेट : सेमिफाइनलका खेलहरु भोलिदेखि

काठमाडौँ,

इंग्ल्याण्डमा जारी १२ औं एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा आइतबार र सोमबार कुनै पनि खेल हुने छैनन् । लिगचरणका सबैखेल सकिएपछि २ दिन खेल तालिका छैन । सेमिफाइनलका खेलहरु भने भोली (मंगलबार) र आगामी विहिबार हुने तालिका छ ।

सेमिफाइनलमा पुगेका ४ टिम मध्ये पहिलो खेल भारत र न्युजिल्याण्डविच हुनेछ भने दोस्रो खेलमा आयोजक इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्नेछन् । फाइनल खेल भने आगामी आइतबार हुनेछ ।