सेयर बजारमा सामान्य गिरावट, १ अर्ब ६४ करोडको कारोवार

सेयर बजारमा सामान्य गिरावट, १ अर्ब ६४ करोडको कारोवार


बिहीवार सेयर बजार परिसुचक (नेप्से) सामान्य अंकले घटेको छ ।  
बिहिवार ५ दशमलव ८७ अंकले घटेर २ हजार ४४ दशमलव ७२ विन्दुमा झरेको हो ।  यो साता निरन्तर बढेको बजार बुधवार ४ दशमलव ८९ अंकले बढेको थियो ।
बिहीवार २२५ वटा धितोपत्रको ३९ लाख ८ हजार कित्ता सेयर १ अर्ब ६४ करोड २६ लाख रुपैयाँमा कारोवार भएको नेपाल स्टक एक्चेञ्जले जनाएको छ । 
बिहिबार १३ वटा समूहमध्ये बैंकिङ र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी रहेका सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूहको १ दशमलव ५८ प्रतिशतले घटेको हो । 
कारोवार रकमको आधारमा बिहीवार सबैभन्दा बढी शिवम् सिमेन्टको १७ करोड ८० लाख भन्दा बढीको सेयर कारोवार भयो । 

Logo