हरिवंशको नयाँ गीत ‘बुढो हुन मन छैन’ सार्वजनिक (भिडियोसहित)

चर्चित कलाकार हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । उनको  ‘बुढो हुन मन छैन’ बोलको गीत आज सार्वजनिक गरिएको हो ।

गीतमा हरिवंशकै शब्द र स्वर रहेको छ गीतमा  जिवित जलामीले संगीत भरेका छन्।  मह सञ्चारको प्रस्तुती रहेको गीतमा हरिवंश आचार्य र नरेन्द्र कंसकार फिचर्ड छन् । उक्त गीतको भिडियो दिर्घ गुरुङले खिचेका हुन् भने नहकुल खड्काले सम्पादन गरेका हुन् ।

म्युजिक भिडियोको सुदन केसी निर्देशन गरेका छन् ।

हरिवंशको नयाँ गीत ‘बुढो हुन मन छैन’ सार्वजनिक (भिडियोसहित)