नदीमा फसेका व्यक्तिको उद्दार गर्न जाँदा…(भिडियोमा)

काठमाडौं । दुई दिनदेखिको अविरल वर्षाका कारण चौतर्फी बाढी, पहिरो तथा डुबानको समस्या बढ्दै गएको छ । लगातारको वर्षाका कारण संघीय राजधानी काठमाडौंका विभिन्न क्षेत्र पनि डुवानमा परेका छन् ।

डुवानका कारण सर्वसाधारणले सास्ती व्यहोर्नु परिरहेको छ । बाग्मतीमा आएको बाढीमा एउटा पिकअप भ्यान र दुई जनाको प्रहरीले उद्दार गरेको छ ।

पिकअप भ्यानले टेकु र सानेपा जोड्ने पुलनजिकै राखिएका मोटरसाईकललाई ठक्कर दिन्छ । ठक्कर दिएपछि ड्राईभर पिकअपलाई स्पिडमा कुदाउँछन् । पुलमुनिबाट पिकअपलाई कुदाउन खोज्दा बीच नदीमा फस्छ ।

त्यसपछि ड्राईभर भित्रबाट निस्किएर पिकअपको माथि बस्छन् । उनको उद्दार गर्न एकजना मापसे गरेका व्यक्ति नदीमा जान्छन् । केही पर पुगेपछि उनी डुब्छन् । र जसोतसो पिकअप नजिक पुग्छन् । उनलाई फसेका ड्राईभरले नै समातेर पिकअप माथि राख्छन् ।

त्यो रमिता हेर्न संयौंको संख्यामा मानिसहरु जम्मा भईसकेका हुन्छन् । एकैछिनमा प्रहरी टोली आउँछ । दुई जना प्रहरी पौडी खेलेर उनीहरु दुवैजनाको उद्दार गर्छ । र अन्तमा मापसे गरेका व्यक्तिलाई भ्यानमा हालेर प्रहरी कार्यालय लैजान्छ ।