धनगढीमा चौपायलाई ठक्कर दिई मोटरसाकइल पल्टिदा एक जनाको मृत्यु

धनगढीमा चौपायलाई ठक्कर दिई मोटरसाकइल पल्टिदा एक जनाको मृत्यु


कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा हिजो बेलुकी सडकमा रहेको चौपायलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

अत्तरियाबाट धनगढीतर्फ आउदै गरेको से ६ प ८०२८ नम्बरको मोटरसाइकल सडकमा रहेको गाईलाई ठक्कर दिएर पल्टिएको थियो । 

दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–३ विशालनगरका ४४ बर्षीय विरेन्द्र शर्मा र पछाडी सवार सोही उपमहानगरपालिका–१ बस्ने अन्दाजी ५५ बर्षीय निर्मल हमाल घाइते भएका थिए । 

दुवै घाइतेलाई उपचारको लागी धनगढी स्थित मायामेट्रो अस्पताल पठाइएकोमा उपचारकै क्रममा हमालको मृत्यु भएको हो । 

शवलाई पोष्टमार्टको लागी सेती प्रादेशिक अस्पताल धनगढी पठाईएको छ । घाइते भएका चालकको अवस्था सु्धारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

Logo