कञ्चनपुरमा सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि

कञ्चनपुरमा सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । गत वर्षको तुलनामा यस वर्ष कञ्चनपुरमा गहुँ उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष गहुँ उत्पादनमा २.१ प्रतिशतले वृद्धि भएको हो ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्मबहादुर साउदका अनुसार “उन्नत जातको बीउबिजन र सिँचाइ सुविधाका कारण उत्पादनमा वृद्धि भएको हो ।” यस वर्ष गहुँको उत्पादकत्व वृद्धि भएर ३.४ प्रतिहेक्टर पुगेको छ ।

यस वर्ष ३१ हजार २१० हेक्टर क्षेत्रफलमा एक लाख छ हजार ११४ मेट्रिक टन गहुँ उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रले किसानलाई सिँचाइ सुविधा उपलब्ध नभएको स्थानमा अनुदानमा सिचाँइ सुविधा उपलब्ध गराउँदै आएको छ । सहकारीमार्फत किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत बीउ प्रदान गर्दै आएको छ ।

कञ्चनपुरमा एक लाख ६१ हजार ७४१ हेक्टर कुल खेतीयोग्य जमिन रहेको छ । जसमध्ये ३१ हजार २१० हेक्टरमा गहुँखेती हुने गरेको छ । हाल साना सिँचाइबाहेक महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ ।

Logo