कञ्चनपुरको महेन्द्रनगर बजार बन्द गराउँदै हिँडेका नेकपा (विप्लव समूह) का तीनजना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललित एसके‚ भरत विक र अनिल रेडी रहेका छन्। पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ।
नेकपा (विप्लव समूह) लगायतले गरेको बन्दका कारण कञ्चनपुर जिल्लाको जनजीवन प्रभावित भएको छ। यातायातका साधान बिहानैदेखि सञ्चालन हुन सकेका छैनन्। विद्यालय, कलेज समेत बन्द छन्।
सरकारसँग भएको ३ बुँदे सम्झौताअनुसार पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता हुनुपर्ने, थुनाबाट मुक्त गर्नुपर्ने, असमान सन्धि सम्झौता खारेज, महँगी भ्रष्टाचार नियन्त्रण लगायत माग अघि सार्दै विप्लव समूहले नेपाल बन्द आह्वान गरेको हो।





























प्रतिक्रिया