बलात्कार मुद्धाका दोषी १८ वर्षपछि पक्राउ

बलात्कार मुद्धाका दोषी १८ वर्षपछि पक्राउ

केन्द्रबिन्दु
0
Shares

जबरजस्ती करणी मुद्दाका फरार रहेका एक ब्यक्ति १८ बर्ष पछि पक्राउ परेका छन । बराहक्षेत्र नगरपालिका–५ का सुरज विश्वकर्मालाई  १८ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार १४ वर्षिया किशोरीलाई आफ्नै घरमा ४–५ जनाको समूहमा आएका सुरज समेतका व्यक्तिहरूले ती किशीरीलाई सामूहिक रूपमा जबरजस्ती करणी गरी फरार भएको थिए ।

सो घटनमा संलग्न भएको भन्दै विश्वकर्मालाई सर्वोच्च अदालतले ९ वर्ष ५ महिना १९ दिन कैद ठहर गरेको थियो । लुकिछिपी बसेको अवस्थामा प्रहरीले बराहक्षेत्र–५ भरौलबाट पक्राउ गरेको हो । पक्राउ परेका विश्वकर्मालाई कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको छ ।

Skip This
Skip This
Logo