काठमाडौं महागरपालिकाको नगर प्रहरी टोलीले त्रिपुरेश्वरस्थित राहदानी विभागको ‘अन्डरग्राउण्ड’ पार्किङ खाली गराएको छ । विभागमा रहेका अवैध संरचना हटाउन महानगरको टोली त्यहाँ पुगेको थियो ।
‘अन्डरग्राउण्ड’ पार्किङमा विभिन्न सामानहरु राखिएको थियो । अवैध संरचना हटाउन ३५ दिने सूचना जारी गरेको महानगरले पछिल्लो दुई दिनयता आफैले डोजर लगाएर संरचना भत्काइरहेको छ ।
नक्सा पास भए बमोजिम अन्डरग्राउण्डमा पार्किङ प्रयोजनमा आए नआएको अनुगमन गर्न महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेसहितको टोली विभाग पुगेको थियो ।





























प्रतिक्रिया