पछिल्लो २४ घण्टामा मुलुकमा ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षणमा ३२४ जनामा संक्रमण पुष्टि भएको हो । जसमा पीसीआर परीक्षणबाट १६३ जना र एन्टिजेन परीक्षणबाट १६१ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा ४१८ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको ज्यान गएको छ । साथै कोरोना संक्रिय संक्रमितको संख्या ३ हजार ९४३ पुगेको छ ।





























प्रतिक्रिया