गोली प्रहारबाट कपिलवस्तुको मायादेवी गाउँपालिका-६ मदरहवा गाउँमा एक जनाको ज्यान गएको छ । अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय ५५ वर्षीय घुरहु भनिने राम समुझ पासीको ज्यान गएको हो ।
गोली प्रहारबाट घाइते भएका पासीलाई उपचारका लागि तौलिहवा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको कपिलवस्तु प्रहरीले जनाएको छ । तिघ्रामा गोली लागेका उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बताइएकाे छ ।
हाल घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया