४५ किलो गाँजासहित चितवनबाट दुई जना पक्राउ

४५ किलो गाँजासहित चितवनबाट दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

चितवन ।

इलाका प्रहरी कार्यालय चनौलीले ४५ किलो गाँजासहित ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको धाक्रे गाउँपालिका-३ का २४ वर्षीय इन्द्रबहादुर तामाङ र २१ वर्षीय दोर्जे तामाङ रहेका छन् । भरतपुर महानगरपालिका—१८ चनौली बजारमा चेकजाँचका क्रममा वा३ख ७९५८ नम्बरको ट्रकमा लुकाइछिपाइ ल्याएको सो परिमाणको गाँजासहित दुबै जनालाई आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चनौलीले जनाएको छ ।

पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान भइरहेको छ । इन्द्र ट्रकका चालक हुन भने दोर्जे सहचालक रहेको प्रहरीले जनाएको छ ।

सीमा क्षेत्रबाट १४ किलो गाँजा बरामद

भारततर्फ चोरी निकासी गर्न लागेको १४ किलो गाँजासहित दुईवटा मोटरसाइकल प्रहरीले आज बरामद गरेको छ । मोरङको जहदा गाउँपालिका–३ नेपाल–भारत सीमा क्षेत्रबाट दुईवटा मोटरसाइकलसहित १४ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

नेपाली र भारतीय नम्बर प्लेटका दुईवटा मोटरसाइकलमा भारततर्फ चोरी निकासी गर्न लागिरहेको अवस्थामा प्रहरीलाई देखेपछि झोलामा प्याक गरेको गाँजा र मोटरसाइकल छाडेर उनीहरु फरार भएको इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक दीपक थापाले बताए । यस सम्बन्धमा आवश्यक अनुसन्धान तथा फरार गाँजा तस्करको खोजी भइरहको प्रहरीले जनाएको छ ।रासस

Logo