स्वदेशमै छ अवसर

स्वदेशमै छ अवसर

केन्द्रबिन्दु
0
Shares

कोभिड महामारीपछि कामको खोजीमा विदेशिने युवाको संख्या फेरी पनि आकाशिन थालेको छ । 

श्रम तथा रोजगार विभागको ताजा तथ्यांकले विदेश उड्नेको संख्या दोब्बर भएर यो श्रावण महिनामा मात्र दिनमै २८०० ले श्रम स्वीकृति लिएको देखाएको छ । 

तर हातमा सीप हुनेले नेपालमै पनि राम्रो काम पाइरहेका छन्,जसको उदाहरण हुन् सन्जीब स्याङ्तान । २४ वर्षिय सन्जीव पेशाले कोअपरेटिभ फाइनान्स अड्भाइजर हुन् र उनी निरन्तर रुपमा अड्भान्स अकाउन्टिङको प्रशिक्षण पनि प्रदान गर्दै आइरहेका छन् ।

 यसै सन्दर्भमा उनीसँग गरिएको कुराकानीको संक्षिप्त

तपाईले यहाँ काम गर्न थाल्नुभएको कति भयो ? 

मैले यो क्षत्रमा काम गर्न थालेको चाहिँ सन २०१७ देखि हो, अहिलेको कम्पनी ई डिजिटल नेपालमा विगत एक वर्षदेखि कार्यरत छु । 

तपाईले जागिर खोज्ने क्रममा के के गर्नुभयो त्यसको बारेमा पनि बताईदिनुहोस न ? 
 शुरुवाती अवस्थामा काम पाउन अलिक कठिन नै थियो । मैले मेरो साथीहरु, आफन्त लगायत चिनेजानेको सबैमार्फत काम खोजे । सामाजिक सञ्जालमा आउने हरेक विज्ञापन पनि हेर्थे , सम्पर्क गर्थे तर मेरो सिप र योग्यता अनुसारको काम भेट्टाउन सकिरहेको थिएन । अन्त्यमा मैले फेसबुकमा कुमारी जब भेटेँ र वहाँहरु मार्फत नै मैले खोजेको जस्तै काम पाउन सफल पनि भएँ । 

कुमारी जबको बारेमा कसरी थाहा पाउनुभयो ? 

मैले सामाजिक सञ्जाल फेसबुक मार्फत कुमारी जबको बारेमा थाहा पाएको हुँ । 

कामको लागि कुमारी जबले तपाईंलाई कस्तो सहयोग अथवा गाइडेन्स गर्‍याे ?

कुमारी जबले मलाई जागिरको सिलसिलामा धेरै सहयोग गर्‍याे । वहाँहरुले मलाई अन्तरवार्ताको लागि कसरी आफुलाई तयार गर्ने र कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि राम्रो जानकारी प्रदान गर्नुभयो । 

कुमारी जबले तपाईंलाई अन्तर्वाता तयारीको लागि कस्तो सहयोग गर्‍याे ? 
अन्तर्वाताको लागि वहाँहरुले मलाई धेरै सहयोग गर्नुभयो । वहाँहरुले मलाई अफिसमै बोलाएर अन्तर्वाता कसरी हुन्छ, के–के सोधिन्छ र कसरी जवाफ दिने लगायत अन्य धेरै कुरामा सहयोग गर्नुभयो ।  

कुमारी जबबाट तपाईंको अपेक्षा के थियो र अपेक्षा अनुरुपको सहयोग पाउनुभयो कि भएन ? 
मैले एकदमै खोजेको जस्तै सहयोग पाएँ र यसको लागि म धेरै खुशी छु । 

कुमारी जबमार्फत पाएको रोजगारीले तपाईंको जीवनमा के परिवर्तन ल्याएको छ ?
पक्कै पनि कामले मलाई आर्थिक स्वतन्त्रता दिएको छ, र सँगसँगै राम्रो जीवनशैली दिएको छ । र सबैभन्दा महत्त्वपूर्ण भनेको मैले हरेक दिन सिक्ने अवसर पाएको छु, जसले मेरो ज्ञान र सिप वृद्धि भएको छ जसले मलाई भविष्यको लागि तयार बनाएको छ । 

तपाईं विदेश जाने सोचमा हुनुहुन्छ कि नेपालमै अवसर देख्नुहुन्छ ? 

मेरो क्षमता र अनुभवको आधारमा मैले नेपालमै राम्रो अवसर देखेको छु । त्यसैले विदेश जाने मेरो सोच छैन । 

त्यसो भए अहिले गर्नुभएको पेशामा सन्तुष्ट हुनुहुन्छ ? 

हजुर, म मेरो अहिलेको काममा धेरै खुशी छु ।  

यो अवसर जुराइदिएकोमा कुमारी जबलाई केहि भन्न चाहनुहुन्छ ? 
मलाई काम खोज्न सहयोग गरेकोमा कुमारी जब र यसका सहयोगी, मिलनसार कर्मचारीहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । साथसाथै कामको खोजीमा रहेका म जस्तै अन्य युवा मित्रहरुलाई पनि कुमारी जब मार्फत काम खोज्न सुझाव दिन्छु । वहाँहरुले कामको खोजीमा रहेका सबैलाई बिल्कुलै निःशुल्क रुपमा सेवा प्रदान गर्नुहुन्छ ।
 
 

Logo