महोत्तरीमा स्यालले टोकेर चार जना घाइते

महोत्तरीमा स्यालले टोकेर चार जना घाइते

केन्द्रबिन्दु
0
Shares

महोत्तरीको पिपरा गाउँपालिका–६ मा स्यालले टोकेर चार जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा पिपरा गाउँपालिका रतौलीका १६ वर्षीय बबन चौधरी, ६५ वर्षीय सोनावती सदा, १३ वर्षीय रेणुकुमारी सदा र ३५ वर्षीय पुनमदेवी सोनार छन् । 

एउटै स्यालले  टोकेर चार जनालाई घाइते बनाएको हो । राति मात्रै गाउँ आसपास आउने स्याले दिउँसै गाउँमा पसेर मान्छेलाई टोक्न थालेपछि स्थानीय त्रसित भएका थिए ।  घाइते चार जनाकै जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

Logo