सर्लाहीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाहीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सर्लाहीको हरिवन नगरपालिका–१० नयाँरोड चोकमा आज बिहान ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको र सनाखत हुन बाँकी रहेको सर्लाही प्रहरीले जनाएको छ । 

आज बिहान ४ बजे ना ८ ख ८२६७ नम्बरको ट्रकले पैदल हिंडिरहेका पुरुषलाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरिवनले जानकारी दिएको छ ।

Logo