दाङमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका–१४ राप्ती टोल निवासी ४० वर्षीया मायाकुमारी बिसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको प्रतिष्ठानकी निर्देशक डा. प्रज्ञा बस्नेतले जानकारी दिइन् । मृतक महिला डेंगु संक्रमित भएर सोमबार विहानै प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी थिइन् ।
दाङमा पछिल्लो समय डेंगुका विरामी बढ्दै गएका छन् । डेंगुका विरामी घोराही र तुलसीपुरका अस्पतालमा धेरै देखिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार सोमबारसम्म जिल्लामा ४०० भन्दा बढी संक्रमण पुष्टि भएको छ ।































प्रतिक्रिया