विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

केन्द्रबिन्दु
0
Shares

देशका विभिन्न स्थानमा शुक्रबार चार जना मृत अवस्थामा फेला परेका छन् । 

काठमाडौंको काठमाडौं महानगरपालिका–४ धुम्बाराहीस्थित यात्रु प्रतिक्षालयभित्र हाल पहिचान नखुलेका करिब ५५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 

ललितपुरको गोदावारी नगरपालिका–१४ हाडेगाउँमा बागलुङ बुर्तीबाङ घर भएका २० वर्षीय जनक खत्री मृत अवस्थामा फेला परेका छन् । हाडेगाउँमा डेरा गरी बस्ने बागलुङ घर भएकी अम्बिका बुढाथोकीको कोठामा पाहुना आएका खत्री सुतेकै ठाउँमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । 

झापाको कचनकवल गाउँपालिका–१ पुरन बस्ति बस्ने २५ वर्षीया मुन्नि राजबंशी आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी झापाको शिवसताक्षी नगरपालिका–७ नहर चोकस्थित कन्काई सिँचाई आयोजनाको नहरमा हाल पहिचान नखुलेका ७० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।  

सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

Logo