दशैं तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै शनिबारदेखि लामो तथा मध्यम दूरीका यात्रुवाहक बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।
यसका लागि सम्पूर्ण तयारी पूरा भएको यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवसायीहरूको संस्था राष्ट्रिय यातायात व्यवसायी महासंघले शनिबारदेखि अग्रिम टिकट बुकिङ खोलिने जनाएको छ ।
यातायात विभागले एक सूचना जारी गर्दै यात्रुबाहक सवारीमा १.७९ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.३४ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.६ प्रतिशतले भाडामा भएको स्वचालित समायोजन अनुसार नै भाडादर कायम गरेको जनाएको छ ।
विभागले कलैया–तानसेन–पाल्पाको लागि ७३५ रुपैयाँ, काकडभिट्टा–कुनौली हुँदै राजविराजको लागि ४९७ रुपैयाँ, काकडभिट्टा–कृष्णगरको लागि १८६९ रुपैयाँ, काकडभिट्टा गौरको लागि १०११ रुपैयाँ लगायत अन्य विभिन्न स्थानको लागि नयाँ भाडादर तोकेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभा विभिन्न स्थानको लािग नयाँ भाडादर निर्धारण गरेको छ । ग, सडक विभाग, ट्राफिक विभाग र यातायात व्यवसायीहरूको यही भदौ २२ गतेको बैठकले असोज १ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ गर्ने निर्णय गरेको थियो ।





























प्रतिक्रिया