चुरेमा पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध

चुरेमा पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

अविरल वर्षाका कारण गएको पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । 

कैलालीको चुरे गाउँपालिका– ६ बालकोटस्थित सडक माथिबाट गएको पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । गएराति करिब पौने ३ बजेतिर गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा सवारी साधन बीच बाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए । 

उनका अनुसार भिमदत्त राजमार्गकै अन्य  ४(५ ठाउँमा पनि स(साना पहिरो गएर सडक अवरुद्ध भएको छ । अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको डीएसपी जोशीले जानकारी दिए ।

Logo