लगातारको वर्षापछि आएको पहिरोले पुरिएर अछाममा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।
पहिरोमा परेका अन्य १० जना अझै बेपत्ता छन् । जिल्लाको कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा गरी कम्तीमा चार घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ। तुर्माखाँदा गाउँपालिका ५ मा पहिरोमा पुरिएका २ घरपरिवारका ९ मध्ये २ जनाको शव फेला परेको अछाममा प्रहरी प्रमुख एवं डीएसपी नारायण डाँगीले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए ।
उनका अनुसार अन्य ७ जनाको खोजी भइरहेको छ। यस्तै, कमलबजार नगरपालिका ६ मा पहिरोले पुरिएका ४ जनाको शव निकालिएको छ भने बेपत्ता भएका तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। कमलबजारबाट ७ जनाको उद्धार गरिएको छ। घटनास्थलमा उद्धारका लागि प्रहरी टोली खटिएको छ भने क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।





























प्रतिक्रिया