अछाम अपडेटः जताततै पहिरो, मृत्यु हुनेको संख्या १४ पुग्यो

अछाम अपडेटः जताततै पहिरो, मृत्यु हुनेको संख्या १४ पुग्यो

केन्द्रबिन्दु
0
Shares

अछामको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १४ जनाको मृत्यु भएको छ।

कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिदा बेपत्ता ६ जनामध्ये ५ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । त्यस्तै, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २/२ जनाको शव फेला परेको उनले बताए ।

अन्य शव जिल्लाका विभिन्न स्थानमा पहिरोमा पुरिएको अवस्थामा फेला परेको उनले बताए । ११ जना अझै  बेपत्ता रहेकाे र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । 

Skip This
Skip This
Logo