बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी एक किशोरीले अस्पतालमै आत्महत्या गरेकी छन् ।
सल्यान कालिमाटी गाउँपालिका वडा नम्बर १ धोरनेरी बस्ने १५ वर्षीया किशोरीले सोमबार मध्याह्न १२ बजेर ४५ मिनेटमा अस्पतालको छतमा गई ढोकाको ह्यान्डिलमा पासो लगाइ आत्महत्या गरेको बताइएको छ । डिम्बाशयको क्यान्सर भएर असोज ६ गते ती किशोरी क्यान्सर अस्पतालमा भर्ना भएकी थिइन् । असार महिनादेखि फलोअपमा अस्पताल आइरहेकी थिइन् ।
बिरामी परेपछि उनकी आमा पनि अस्पतालमा उनलाई कुरेर बसिरहेकी थिइन् । आमा खाना खान निस्किएको बेलामा आमासँगै निस्किएकी ती किशोरीलाई नर्सले औषधि खुवाउन खोज्दा बेडमा नभेटेपछि अस्पतालको छतमा उनको शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरका अनुसार प्रहरीको प्ररम्भीक अनुसन्धानमा आत्महत्या देखिएको बताए । पोष्टमार्टमपछि परिवारले शव बुझिसकेको प्रहरीले जनाएको छ ।
अस्पताल प्रशासनका अनुसार ती किशोरीलाई क्यान्सरको चौथो स्टेज भइसकेको थियो । र उपचारमा अहिलेसम्म परिवारको १३ लाख रुपैयाँ खर्च भइसकेको थियो । मृतकका बावु रोजगारीको क्रममा भारतमा छन् ।































प्रतिक्रिया