खोटाङमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु

खोटाङमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माडाँडामा हिजो बेलुका ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ५६ वर्षीय टेक बहादुर राई रहेका छन् । प्रदेश १–०२–००३ त १४९२ नम्बरको ट्रयाक्टरमा सवार राई हिजो बेलुकी ८ बजे ट्रयाक्टरबाट खसेका थिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल खोटाङमा मृत्यु भएको हो । ट्रयाक्टर सहित चालकलाई प्रहरी चौकी तालखर्क खोटाङले नियन्त्रणमा लिएको छ ।

Skip This
Skip This
Logo