अमलेखगंजमा यात्रुवाहक बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या १६ पुग्यो

अमलेखगंजमा यात्रुवाहक बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या १६ पुग्यो


 

बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

यसअघि विभिन्न अस्पताल स्रोतले १४ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं एसपी बामदेव क्षेत्रीका अनुसार चितवन पठाइएका एक घाइते र चुरेहिल अस्पतालमा उपचारका क्रममा थप एक घाइतेको मृत्यु भएको हो ।प्रहरीका अनुसार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो । बसमा करिब ५० जना सवार थिए ।

 

चुरेहिल अस्पतालमा ९ जना लगिएकोमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी हेटौंडा अस्पतालमा लगिएका ३६ जनामध्ये १२ जनाको मृत्यु भएको छ भने हेटौंडा सहकारी अस्पतालमा लगिएका ६ जनामध्ये एक जनाको मृत्यु भएको छ । चितवन पठाइएका एक घाइतेको पनि मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन बाँकी छ । मृतकमध्ये १० पुरुष र ६ महिला रहेको इलाका प्रहरी कार्यालय अमलेखगञ्जले पुष्टि गरेको छ ।


Logo