फूलपातीका दिन रमाइलो हेर्न हिँडेका २ युवा मृत भेटिए

फूलपातीका दिन रमाइलो हेर्न हिँडेका २ युवा मृत भेटिए

केन्द्रबिन्दु
0
Shares

पाल्पामा दुई युवा मृत भेटिएका छन् ।

निस्दी गाउँपालिका २ का २१ वर्षीय वीरेन्द्र साेमै मगर र इन्द्र सारु मृत भेटिएका हुन् । गत सोमबार फूलपातीका दिन साँझ रमाइलो हेर्न भनी मित्याल मौलाथरमा एउटै मोटरसाइकलमा गएका उनीहरूको शव अलगअलग स्थानमा बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दशैँको दिनसम्म घर नआएपछि उनीहरूकाे खाेजी भएकाेमा आज बिहीवार शव भेटिएकाे हाे । 

मृतक इन्द्रको टाउको तथा शरीरका विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ । 

Skip This
Skip This
Logo