अमलेखगंज दुर्घटना अपडेट : मृतकको संख्या १६ पुग्यो, ९ जनाको सनाखत

अमलेखगंज दुर्घटना अपडेट : मृतकको संख्या १६ पुग्यो, ९ जनाको सनाखत

केन्द्रबिन्दु
0
Shares

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

मृतकमध्ये ९ जनाको सनाखत भएको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जनामध्ये नौ को सनाखत भएको प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए । मृत्यु हुनेमा पर्साको विरगन्ज महानगरपालिका–१६ की मुन्नीदेवी चौरसिया, हेटौँडा उपमहानगरपालिका–७ की ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बाराको कलैया–१० का नगरीन खातुन, बाराको अमलेखगञ्जका सुरेश विक, बाराको कलैयाका इन्ताज अन्सारी, खोखलढुंगाका ४५ वर्षीय लालबहादुर बोगटी, गोर्खाकी अम्बिका कँडेल र पर्साको विरगन्ज–१६ का सकेमप्रसाद चौरसिया एसपी गौतमले जानकारी दिए ।

बसमा सवार यात्रुको संख्या एकिन हुन नसके पनि झण्डै ५० जना सवार रहेको प्रहरीले जनाएको छ । नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा दुर्घटना भएको हो । दुर्घटनाका घाइते २० जनालाई थप उपचारका लागि भरतपुर, चितवन पठाइएको छ । हेटौंडाका विभिन्न अस्पतालमा प्राथमिक उपचारपछि उनीहरुलाई थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ । 

Skip This
Skip This
Logo