बेशीसहर ३ की दमन्ती बराल आजभोली गित गुनगुनाउनुका साथै लेख्ने गर्छिन् ।
क सम्म पनि नचिनेकी बरालले बेशीसहरमा रहेको लक्ष्मीानारायण सामुदायिक शिकाई केन्द्रले संचालन गरेको प्रौढ शिक्षामा सहभागी भएपछि लेख्न सक्ने भएकी हुन् । पहिले अक्षर कस्तो होला भनिन्थ्यो तर आजभोली सबै अक्षर चिन्ने भएकी छु, उनले भनिन, आजभोली पढ्नमा पनि जागर उत्तीकै लाग्छ । प्रौढ शिक्षामा सामेल भएपछि उनले पढ्नुका साथै लेख्न समेत सकेकी छिन् । त्यहि खुशीले मन हलुङ्गो भएको उनी बताउछिन् । अब त, कुनै ठाउँमा जानु परेमा पनि केही डर छैन, उनले भनिन, पढ्न जानेपछि छुट्टै महशुष भएको छ ।
बेशीसहर ३ कै सोभा बराल पनि एबिसिडी भनेको कस्तो होला भनेर सोच्ने गर्थिन । तर, अहिले उनको लागि त्यो अबस्था रहेन । सिकाई केन्द्रबाटै पाएको प्रौढ शिक्षाबाट उनले पनि मनमा लागेको कुरा कपिमा लेख्न थालेकी छिन् । पहिलो मुखले भन्ने मात्र गरिन्थ्यो, अहिले मनका कुरा लेख्ने गर्छु, उनने भनिन, अब त, कुनै नयाँ ठाउँमा जादा पनि यो ठाउँमा आएछु भनेर थाहा हुने भएपछि खुशी लागेको छ । बोर्डमा लेखेको कुरा चिन्न सक्ने भएपछि अझैपनि थप कुरा पढ्न रहर लागेको उनी बताउछिन् ।
महिलालाई लक्षित गरी कार्यक्रम संचालन गरेको लक्ष्मीनारायण शिकाई केन्द्र, जिल्ला शिक्षा कार्यलय लमजुडले जिल्लाका अन्य शिकाई केन्द्रहरुसँग तुलना गर्दा पनि नमुना शिकाई केन्द्रको रुपमा छनौट भएको छ । केन्द्रले दिएको चुरापोते तालिममा सहभागि भएकी बेशीसहर ७ की कृष्ण घिमिरेले पनि केन्द्रले आफुमा ठुलो गुन लगाएको बताउछिन् । ५ दिने चुरापोते तालिममा बसेर, चुरापोते, बाला, टप बनाउन सिकेर आफैले पनि बनाउन थालेको उनी बताउछिन् । तालिममा सिकेर आफैले घरमा र्फुसदको समयमा बनाउने गरेको छु, त्यसबाट राम्रो आम्दानी भएको छु, उनले भनिन ।
शिकाई केन्द्रले संचालन गरेको प्रौढ शिक्षामा सहभागि भएकी बेशीसहरकै सकुन्तला सोती अहिले सहजै रुपमा मोबाइल चलाउछिन् । एउटा अक्षरसम्मको ज्ञान नभएको सोतीले प्रोढ कक्षामा सहभागि भएपछि अक्षर चिन्न सक्ने भएकी हुन् । उनले अहिले किताब पढ्न र अरुलाई सिकाउन पनि थालेको बताउछिन् । वि.स.२०६७ सालमा लक्ष्मीानारायण सामुदायिक पुस्तकालयको पहलमा स्थापना भएको शिकाई केन्द्रले कार्यक्षेत्र भित्रका महिलाहरुको लागि अनौपचारिक शिक्षा संचालन, आयआर्जन, शिपमुलक कार्यक्रम संचालन गर्दै आएको छ ।





























प्रतिक्रिया