सल्यानको कपुरकोटमा पहिरोले ३ घर पुरिएका छन् ।
कपुरकोट गाउँपालिका–५ सल्लाममा तीन घर पहिरोले पुरेको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय कपुरकोटबाट प्रहरी घटनास्थल पुगेको छ । घटनाको पूरै विवरण आउन बाँकी रहेको छ ।विहान अन्दाजी आठ बजे घर माथिबाट आएको पहिरोमा परेर तीन घर पुरिएका छन् भने १२ चौपाया मरेका छन् ।
उता पाल्पामा घर पुरिँदा दुई जना घाइते भएका छन् । तिनाउ गाउँपालिका–६ मस्यामस्थित चिदीसका नीरबहादुर सारूको घर शुक्रबार बिहान ३ बजे पहिरोले पुरिएको हो । घाइते हुनेमा डेढ वर्षीया आरुषी खासु र २१ वर्षीया विष्णुमाया सारु रहेको प्रभास प्रहरी चौकी प्रमुख प्रहरी नायब निरीक्षक भरत थापाले बताए। घाइते दुवैजनाको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। थापाका अनुसार घाइतेको अवस्था सामान्य छ।





























प्रतिक्रिया