गुडिरहेको स्कुटरमाथि पहिरो खस्दा २ जना घाइते

गुडिरहेको स्कुटरमाथि पहिरो खस्दा २ जना घाइते

केन्द्रबिन्दु
0
Shares

सुर्खेतको ब्यूरेनीमा गुडिरहेको स्कुटरमाथि पहिरो खसेको छ । 

घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा स्कुटी चालक वीरेन्द्रनगर नगरपालिका–४ का २९ वर्षको कमल पन्त र २५ वर्षका सुरेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ । शुक्रबार दिउँसो कर्णाली प्रदेश ००२००१ प ५३०४ नम्बरको स्कुटरमा वीरेन्द्रनगरदेखि छिन्चुतर्फ जाँदै उनीहरुलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता सुरज कार्कीले जानकारी दिए ।

घाइते दुबै जनाको हाल वीरेन्द्रनगरस्थित सुर्खेत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टाउँको र पाखुरामा चोट लागेका उनीहरूको अवस्था सामान्य रहेको डीएसपी कार्कीले जानकारी दिए । स्कुटर पहिरोमा पुरिएको छ र अहिले सडक पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा सुर्खेतबाट बाहिरने र भित्रिने सवारी साधानहरु ठप्प भएका छन् ।

Logo