पछिल्लो २४ घण्टामा बाढीपहिरोमा परेर १७ जनाको मृत्यु, १७ ‍बेपत्ता

पछिल्लो २४ घण्टामा बाढीपहिरोमा परेर १७ जनाको मृत्यु, १७ ‍बेपत्ता

केन्द्रबिन्दु
0
Shares

पछिल्लो चौबिस घण्टामा देशका विभिन्न स्थानमा बाढी र पहिरोका घटनामा परी १७ जनाको मृत्यु भएको छ । 

ती घटनामा परी १७ जना बेपत्ता भएको र १५ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार कालिकोट, मुगु, हुम्ला र बाजुरमा बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको हो । 

बाढी र पहिरोमा परी बाजुरामा १, हुम्लामा ४, मुगुमा ८, कालिकोटमा ३, र जुम्लामा १ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परी कालिकोटमा १७ जना बेपत्ता भएका छन् । 

बाढी र पहिरोले बितेको चौबिस घण्टामा ७३ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेका प्राधिकरणले जनाएको छ । 

Logo