काठमाडौंको नक्सालस्थित होटेल क्राउन प्लाजामा एक युवतीको शंकास्पद मृत्यु भएको छ।
चाबहिल घर भएकी २३ वर्षीया ती युवतीको होटेलमा आगोले जलेर मृत्यु भएको पाइएको प्रहरी स्रोतले जनाएको छ। आगोबाट जलेर घाइते भएपछि ती युवतीलाई वीर अस्पताल पुर्याइएकाे थियो । त्यहाँ उपचार असम्भव भएपछि वीरले थप उपचारका लागि कीर्तिपुर अस्पताल रेफर गरेको थियो । युवतीको मंगलबार बिहान अस्पतालमै मृत्यु भएको छ ।
तर, प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा मृत्यु शंकास्पद देखिएको छ । युवतीको शरीरमा प्रेटोल छर्किएर आगलागी भएको हुनसक्ने बताइएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले होटेलका कर्मचारी सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ का ३७ वर्षीय पदमकुमार श्रेष्ठ र जितपुर सिमरा उपमहानगरपालिका-१४ का २६ वर्षीय केशव रिजाललाई पक्राउ गरेको छ । होटेलमा आगोबाट जलेर घाइते भएपछि रिजालले ती युवतीलाई अस्पताल पुर्याएका थिए । पोष्टमार्टमका लागि युवतीको शवलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
हाल पक्राउ परेकाहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया