शताब्दी पुरुष जोशीको दाहसंस्कार नगरिने

शताब्दी पुरुष जोशीको दाहसंस्कार नगरिने

केन्द्रबिन्दु
0
Shares

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको दाहसंस्कार नगरिने भएको छ । 

ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएका जोशीको शव नजलाई अस्पताललाई अध्ययनका लागि हस्तान्तरण गरिने तयारी भइरहेको छ । शवलाई अस्पतालको प्रांगणमा श्रद्धाञ्लीका लागि राखिने पारिवारिक स्रोतले जानकारी दिएको छ । जोशीले मृत्यु अघि नै शरीर दान गरेका थिए ।

उनको दाहसंस्कार कसरी कसरी गर्ने भन्ने बारेमा परिवार र अस्पतालबीच छलफल भएको थियो । छलफलको क्रममा  जोशीको शवलाई  नजलाई अध्ययनको लागि अस्पतालमा राख्ने  सहमति  भएको हो । शताब्दी पुरुष जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा  १०३ वर्षको उमेरमा निधन भएको थियो ।

 

Logo