किष्ट अस्पताल परिसरमा श्रद्धाञ्जलीका लागि राखियो जोशीको पार्थिव शरीर

किष्ट अस्पताल परिसरमा श्रद्धाञ्जलीका लागि राखियो जोशीको पार्थिव शरीर

केन्द्रबिन्दु
0
Shares

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्ली दिन  ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा राखिएको छ । अस्पतालका चिकित्सक, नर्स, कर्मचारी लगायतले श्रद्धाञ्जली दिन केहीबेर अस्पताल परिसरमा शवलाई राखिएको हो। 

त्यसपछि ललिपुर महानगरको प्रांगणमा पनि साढे १२ बजेदेखि ४ बजेसम्म जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्ली दिन राखिनेछ । 

किष्ट मेडिकल कलेजमै उपचाररत जोशीको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको हो । जोशी ७ असोजमा किष्टमा भर्ना भएका थिए । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । पछिल्लो समय उनमा डेंगु पनि पुष्टि भएको थियो । 

वि.सं १९७७ वैशाख ३० गते ललितपुरमा जन्मिएका जोशीले वि.सं २०१३, २०१७ र २०२८ मा गरि तीनपटक मदन पुरस्कार पाएका थिए । तीनपटक मदन पुरस्कार पाउने उनी एकमात्र व्यक्ति हुन् ।

Skip This
Skip This
Logo