लोकगायक राजु परियारलाई पितृशोक

लोकगायक राजु परियारलाई पितृशोक

केन्द्रबिन्दु
0
Shares

लोकगायक राजु परियारलाई पितृशोक परेको छ । उनका बुबा मंगलसिंह परियारको ७२ वर्षको उमेरमा आज बिहान निधन भएको हो । 

लमजुङको बेंसीसहर नगरपालिका–२, चिसापानी घर भइ मंगलसिंह हाल चितवन भीमनगर बस्दै आएका थिए । ३–४ वर्षयता फोक्सोको समस्याबाट पीडित परियार पछिल्लो समय फोक्सोको क्यान्सरबाट पीडित थिए । आज बिहान एक्कासि स्वास्थ्यमा समस्या आएपछि भरतपुर अस्पताल लगिएकोमा उनको उपचारको क्रममा निधन भएको हो ।

लोकगायक परियारले आफ्नो बुबाको निधन भएकोबारे फेसबुकमा तस्बिरसहित राखेका छन् । उनले भनेका छन्, ‘बा आजदेखि मलाई घरको सम्पूर्ण जिम्मेवारी सुम्पेर यो पुज्य धर्तीबाट बिदा हुनुभयो ।’ 

मंगलसिंहका २ श्रीमती, ६ छोरा र २ छोरी छन् । 

Skip This
Skip This
Logo