भक्तपुरकाे तलेजुमा कार्तिक ७, ८ र ९ गते तिहार मनाइने

भक्तपुरकाे तलेजुमा कार्तिक ७, ८ र ९ गते तिहार मनाइने

केन्द्रबिन्दु
0
Shares

यस वर्ष भक्तपुरको तलेजुमा तिहार कार्तिक ७ गतेदेखि तीनदिन मनाइने भएको छ । कार्तिक ७, ८ र ९ गते तिहार मनाइने भएको हो ।

तिहार मनाउने विषयमा विवाद भएपछि आइतबार बसेको छलफलबाट कार्तिक ७, ८ र ९ गते गरी तीनदिन तिहार मनाउने निष्कर्ष निकालेको भक्तपुर तलेजुका मूल पुजारी नरेन्द्रप्रसाद जोशीले बताए । उनका अनुसार ७ गते लक्ष्मी पूजा, ८ गते म्ह पूजा (गोवर्दन पूजा) र ९ गते किजा पूजा (भाइटिका) गर्ने निर्णय भएको छ । 

यो पटक कसैले ८, ९, १० त कसैले ७, ८, ९ र १० गते गरी तीनथरीका दिनमा तिहार मनाउने बताएपछि विवाद भएको थियो ।

Logo