पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।

बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी क्षेत्रमा मौसम सफा छ । दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा आंशिकदेखि सामान्य बदली  रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी भूभागका एक-दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ ।  राति गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने आकलन गरिएको छ । बुधबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

Skip This
Skip This
Logo