अरिंगालले टोक्दा आमाछोरीको मृत्यु, एकजना घाइते

अरिंगालले टोक्दा आमाछोरीको मृत्यु, एकजना घाइते

केन्द्रबिन्दु
0
Shares

अरिंगालले टोक्दा सल्यानको सिद्ध कुमाख गाउँपालिकामा आमाछोरीको मृत्यु भएको छ । 

एकजना घाइते भएका छन् । सिद्ध कुमाख–१ हममपालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र छोरी चार वर्षीया प्राप्ति बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सोमबार साँझ खेतमा धान काटेर घर फर्किने क्रममा बाटोमा अरिंगालले तीनजनालाई टोकेको थियो । श्रीनगरस्थित परोपकार हस्पिटलमा सामान्य उपचार गरी थप उपचारका लागि कोहलपुर लैजाने क्रममा बाटोमै प्राप्तिको मृत्यु भएको हो।  

शोभालाई भने आज बिहान कोहलपुर मेडिकल कलेजमा जाँच गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए । अर्का घाइते मृतक शोभाका काका नाता पर्ने २१ वर्षीय नवीन बस्नेतको श्रीनगर स्थित परोपकार हस्पिटलमा उपचार भइरहेको छ । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo