चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालविरुद्ध प्रदर्शन गरेका छन् ।
अस्पतालले लाइसेन्स लिएर मान्छे मारेको भन्दै आक्रोशित मृतकका आफन्तहरुले अस्पतालविरुद्ध आज बिहान प्रदर्शन गरेका हुन् । उनिहरुले सरकारसँग न्यायको माग गरेका छन् । एक साताअघि अस्पताल भर्ना गरिएका काठमाडौं महानगरपालिका ९ का ४७ वर्षीय शैलेन्द्र विद्याधरलाई आइतबार साँझ मृत घोषणा गरिएको थियो ।
चिकित्सकले ट्युमरको अप्रेसनका क्रममा टाउकोको नसा काटेका कारण बुबाको मृत्यु भएको छोरा प्रगेशले आरोप लगाए । उनका अनुसार बेहोस भएपछि शैलेन्द्रलाई असोज २३ गते साँझ अस्पताल भर्ना गरिएको थियो । इमर्जेन्सीमा राखिएका बिरामीलाई दुई घण्टापछि चिकित्सकले आईसीयूमा राखेर उपचार गर्नुपर्छ भन्दै आसीयुमा सारेको थियो ।
अवस्था गम्भीर भएपछि अप्रेसन तुरुन्त गर्नुपर्ने भनिएको थियो । सोही अनुसार अप्रेशन गर्दा ट्युमरको अप्रेसनका क्रममा टाउकोको नसा काटेको कारण मृत्यु भएको प्रगेशको दावी छ । केएमसी प्रशासनले भने अस्पतालको कुनै गल्ती नभएको दाबी गरिरहेको छ ।































प्रतिक्रिया