बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मष्टा गाउँपालिका -४स्थित चिउरीमा बुधबार दिउँसो जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । साथै दुर्घटनामा केही घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल पठाएको बताइएको छ । 

हाल घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय उद्धार कार्यमा जुटिरहेको र विस्तृत विवरण आउन बाँकी रहेको छ । जिप अनियन्त्रित सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ ।

Logo