ओलीले भने- मदनकृष्णले अभिनय गरेको ‘महापुरुष’ हेर्ने इच्छा छ !

ओलीले भने- मदनकृष्णले अभिनय गरेको ‘महापुरुष’ हेर्ने इच्छा छ !

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई चलचित्र महापुरुष हेर्ने लागेको बताएका छन् ।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य अभिनय रहेको चलचित्र  ‘महापुरुष’ कात्तिक ११ गते अर्थात् तिहारको भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ । पूर्वप्रधानमन्त्री ओलीले सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठको बाँचुञ्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होओस् भन्ने कामना पनि गरेका छन् । ‘मलाई पनि उहाँद्वारा पछिल्लो पटक अभिनित चलचित्र ‘महापुरुष’ हेर्ने इच्छा लागेको छ। चलचित्र महापुरुषको भव्य सफलताको कामना गर्दछु,’ ओलीले सामाजिक सञ्जालमा भनेका छन् । हालै आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका थिए । 

Skip This
Skip This
Logo