सरकारमाथि खनियो राष्ट्रिय विज्ञापन संघ नेपाल

सरकारमाथि खनियो राष्ट्रिय विज्ञापन संघ नेपाल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय विज्ञापन संघ नेपालले सरकारले आफ्ना कार्यकर्ता भर्ति गर्ने क्लीन फिड अवधारणा ल्याएको आरोप लगाएको छ ।  नेपाल विज्ञापन संघ (आन)काे विकल्पमा शुक्रवार राष्ट्रिय विज्ञापन संघ नेपाल स्थापना भएको जानकारी दिन काठमाडौंमा गरेको पत्रकार सम्मलमा संघले यस्तो आरोप लगाएको हो । 

सम्मेलनमा बोल्दै संघका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले क्लीन फिड अवधारणा पार्टीका कार्यकर्ता भर्ति गर्न ल्याएको बताए । उनले सरकारको तलव भत्ता र गाडी चढ्ने काम मात्रै भएको भन्दै क्लीन फिड भने अहिलेसम्म कार्यान्वयन नभएको बताए । सरकारले क्लीन फिड अवधारणा ल्याउन नहुने थियो भन्दै ल्याएपछि कार्यान्वयन गर्न सक्नुपर्ने उनको भनाई थियो । 

अध्यक्ष श्रेष्ठले क्लीन फिड अवधारणा ल्याएर पनि अहिलेसम्म कार्यान्वयन नहुनुमा शंका रहेको बताए । उनले विज्ञापनहरुलाई सही रुपमा प्रशारण र प्रकाशन गर्ने नीतिगत व्यवस्थाको लागि अब आउने सरकारसँग संघले वार्ता गर्ने पनि बताए । 
 
देशभरका विज्ञापन एजेन्सीहरुलाई एकत्रित गर्ने उद्देश्यले श्रेष्ठको अध्यक्षतामा ११ सदस्य रहेको राष्ट्रिय विज्ञापन संघ नेपाल स्थापना भएको हाे । समितिको प्रथम उपाध्यक्ष प्रदीप कोइराला, द्वितीय अध्यक्ष अमृत पन्थी र महासचिव आशिष खड्का छन् । त्यस्तै सचिवमा विमल खड्का, कोषाध्यक्ष कमला पौडेल र सह कोषाध्यक्षमा वसन्त योगी रहेका छन् । साथै सदस्यमा रवि अर्याल, इन्द्रमणी न्यौपाने, राम बज्राचार्य र गुन्जमणी भट्टराई रहेका छन् ।

Skip This
Skip This
Logo