सशस्त्र प्रहरीको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

सशस्त्र प्रहरीको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

शुक्रबार साँझ जिल्लाको बाणगङ्गा नगरपालिका–३ सिउटीमा सशस्त्र प्रहरी सवार ना १ ग ५५४ नं.को ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको थियो। ४ नं तौलिहवा सडकखण्डमा भएको दुर्घटनामा चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयवासी अमर तङनामीको मृत्यु भएको थियो । 

दुर्घटनामा गम्भीर घाइते थप २ सशस्त्र प्रहरीको शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते सशस्त्र प्रहरी जनक चौधरी र रमेश चौधरीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । 

यो संगै मृतकको संख्या ४ पुगेको छ भने घाइते ३ जनाको उपचार भैरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । स्थानीयबासीले भने सशस्त्र प्रहरी सवार ट्रकको लापरबाहीको कारण दुर्घटना भएको आरोप लगाएका छन् ।

Skip This
Skip This
Logo