लमजुङमा राति ८ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने

लमजुङमा राति ८ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने

केन्द्रबिन्दु
0
Shares

दीपावलीका अवसरमा खेलिने देउसी-भैलो लगायतका कार्यक्रम राति ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ । 

जिल्ला प्रशासन कार्यालय लमजुङले देउसी-भैलोलगायतका साँस्कृतिक कार्यक्रमहरू रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्तिसुरक्षामा प्रतिकूल असर पुर्‍याउन सक्ने भएकाले राति ८ बजेसम्म मात्रै कार्यक्रम गर्न आग्रह गरेको हाे । 

विस्फाेटक पदार्थको उत्पादन, आयात, निर्यात तथा बिक्री–वितरण नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधित कार्यमा संलग्न भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ । 

साथै, दीपावलीको अवसरमा भुइँचम्पा, पटका, आतसबाजीलगायतका विस्फाेटक पदार्थको प्रयोग नगर्न आग्रह गरेको छ । 

Skip This
Skip This
Logo